सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अकुत सम्पत्ति जोगाउन ४ वटी श्रीमति विवाह गर्ने को हुन लेखापाल ?

अकुत सम्पत्ति जोगाउन ४ वटी श्रीमति विवाह गर्ने को हुन लेखापाल ?

काठमाडौं, वैशाख २४ । यातायात व्यवस्था कार्यालयका लेखापालले ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाए भन्दा अनौठो नहोला । तर, उनै लेखापालले कमाएको अकुत सम्पत्ति ४ वटी श्रीमतिको नाममा लकाए भन्दा चाँही अनौठो मान्न सकिन्छ ।
नेपालको कानुनले बहुविवाह बर्जित गरेको छ ।

तर, यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीको ४ वटी श्रीमति छन् । उनले आफुले कमाएको अकुत सम्पत्ति राख्नैका लागि भनेर ४ वटी श्रीमति विवाह गरेका छन् । उनका दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी) सुस्मिता अधिकारी, सोममाया श्रेष्ठ छन् ।
उनले १६ असोज २०५९ देखि जागिर खान थालेका थिए ।

उनले यो अवधीमा ४ वटी श्रीमतिलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मा समेतका नाममा सम्पत्ति राखे । उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ देखिएको छ । तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ ।

उनले जागिर खाएको अवधि १६ असोज २०५९ देखि २०७५ वैशाख मसान्तसम्मको आय–व्यय तथा सिर्जित सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो । उनले पाउने तलब भत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री नगद अंश भर्पाइ, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ ।

चलअचल सम्पत्ति, जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

लेखापाल अधिकारीले सो सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले चारवटै श्रीमतीमाथि पनि अदालतले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लेखापाल अधिकारीले १६ असोज २०५९ देखि २५ जेठ २०६० सम्म रोल्पाको साबिक तेवाङ गाविसका सचिवका रूपमा काम गरेका थिए । त्यसपछि २६ जेठ २०६० देखि २९ चैत २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए । टेलिकममा सेवा गरिसकेपछि ३० चैत २०६५ मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend