सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फोरम संगको एकता पछि भट्टराईले किन दिए सरकार छाड्ने चेतावनी ?

फोरम संगको एकता पछि भट्टराईले किन दिए सरकार छाड्ने चेतावनी ?

काठमाडौं, वैशाख २३ । नवगठीत समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने चेतावनी दिएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै भट्टराईले समाजवादी पार्टी जुनसुकै बेला सरकार छोड्न सक्ने बताए । कार्यक्रममा बोल्दै भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टीको सरकारलाई ढाल्ने प्रयास भए पनि त्यो सफल नहुने दाबी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफुहरुले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएको बताउ“दै संविधान संशोधन नभए जतिबेला पनि सरकार छोडने चेतावनी दिए । बाबुराम नेतृत्वको नयाँ शक्तिसँग एकता हुनुअघि नै तत्कालीन संघीय समाजवादी फोरम केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

यो पार्टीमा एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा विकृति मौलाएकाले त्यहाँ पनि नेकपाकै सरकार बनाउने बताएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend