काठमाडौं, वैशाख २२ । नेपाल कम्युनिष्ट (नेकपा) अध्यक्ष प्रचण्डले ५० औं वैवाहिक वार्षिकी मनाउने भएका छन् । प्रचण्ड सचिवालयका अनुसार पत्नी सीता दाहालसँग विवाहको ५० वर्ष पुगेको अवसरमा चियापान कार्यक्रम आयोजना गर्न लागिएको हो । प्रचण्ड–सिता विवाहको ५०औं वैवाहिक वार्षिकी मनाउने कुरा बाहिर आईरहेको बेला बिभिन्न मिडिया र सामाजिक संजालमा यो बिषयले खुबै प्राथमिकता पाएको छ ।
प्रचण्डका नीजि सचिव तथा छोरी गंगा दाहालका अनुसार, सीमित व्यक्तित्व तथा आफन्तलाई निमन्त्रणा गरेर सामान्य चियापानको आयोजना गरि परिवार र आफन्तद्वारा शुभकामना दिने कार्यक्रम गरेको बताईन । ‘आमा विरामी हुनुहुन्छ, उहाँलाई खुशी बनाउन पनि यस्तो सोच बनाएको उनको भनाई छ । साथै सीता दाहालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको पनि गंगाले वताईन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend