बैशाख २०
काठमाण्डौ । काठमाडौं लगायत देशका बिभिन्न ठाउ“मा हावाहुरी चलिरहेको छ । केही दिन देखी दिनै पिच्छे मौसममा खरावी देखिएको छ । यस्तै काठमाण्डौ सहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने सक्ने खतरा रहेको मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी न्यूनचापिय प्राणाली अहिले पूर्वतिर सरिरहेको मौसमविद् सुवास रिमालले भनाई छ ।
यसकै प्रभावले अहिले भैरहवा, चितवनलगायतका ठाउँमा हुरीबताससहित चट्याङ परिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले उपत्यकासहित मध्य क्षेत्रमा केहीबेरपछि हुरीबताससहित चट्याङ पर्ने सम्भावना छ । चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ । महाशाखाका अनुसार यसको प्रभाव विस्तारै बढ्दै जानेछ । मौसमविद्हरुका अनुसार आज देशभरी कै मौसम पूर्व रुपमा खुल्ने संभावना कम छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend