सानोठिमी । आइसिटी पढाउने शिक्षकहरु र आइसिटी पढ्ने बिद्यार्थीहरुले संयूक्त रुपमा सानोठिमी क्याम्पसमा फुलहरु रोपि गार्डेन निर्माण गरेका छ्न । दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को अवसर पारेर सानोठिमी क्याम्पस र आइसिटी क्लबको समन्वयमा गार्डेन निर्माण गरिएको हो ।
क्याम्पसमा आइसिटीको विकास र प्रर्वद्धन सम्वन्धी रचनात्मक क्रियाकलापहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्य गर्दै जाने क्लबका अध्यक्ष कमल आचार्यले बताए । अध्यक्ष आचार्यले क्यालेन्डर बिमोचन २, ३ दिनमै गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
यस्ता रचनात्मक कामहरुले आइसिटीको विकासमा सहयोग पुर्याउने भन्दै क्लबले आइसिटी सम्वन्धी रचनात्मक क्रियाकलाप गर्दै जानेमा आफू आसाबादी रहेको आइसिटी क्लबका सल्लाहकार बिशाल महतले बताए । सल्लाहकार महतले रास्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को शुभकामना समेत व्यक्त गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend