नेपाल प्रहरीको प्रमुख होला भन्ने केही दिन देखी चर्चा र चासोको बिषय थियो तर लामो समय पछि सबैको खुलदुली मेटिएको छ । नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी सर्वेन्द्र खनाल नियुक्त भएका छन् । यस्तै शस्त्रप्रहरीको प्रमुखमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।
आईजीपीका लागि योग्य बहालवाला डीआईजीहरूको वरीयतामा खनाल सबैभन्दा अघि थिए । भने उनले गरेका सुरक्षा व्यवस्थामा महत्त्वपूर्ण योगदान रहेको छ । प्रहरी प्रमुखका लागि डीआईजीहरू खनाल, रमेश खरेल र पुष्कर कार्की दौडमा रहेपनि अन्तत सर्वेन्द्र खनालले बार्जी मार्ने सफल भएका छन् । नेपाल प्रहरीमा उनको क्षबी बिगतमा अरुको भन्दा राम्रो रहेको पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलबीच छलफल पछि खनाललाई प्रहरीको प्रमुख बनाउने निर्णय भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend