काठमाडौं । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट छुटिटएको मधेश तराई फोरम नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा बिलय भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष अमर यादव सहित फोरम नेपाल नेकपामा बिलय भएको हो ।
मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।
क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए । प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend