सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुरसंचार प्राधिकरण द्धारा सूचना र संचार प्रविधि समाज नेपाललाई सम्मानित

दुरसंचार प्राधिकरण द्धारा सूचना र संचार प्रविधि समाज नेपाललाई सम्मानित

काठमाडौ । सूचना र संचार प्रविधि समाज नेपाललाई नेपाल दुरसंचार प्राधिकरणले गल्र्स ईन आईसिटी डे को अवसरमा सम्मान गरेको छ । अन्तराष्ट्रिय दुरसञ्चार संघको आहृानमा प्रत्येक वर्ष अप्रिल महिनाको चौथो बिहिवार मनाउदै आएको अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधिमा महिला दिवसको अवसरमा नेपाल दुरसंचार प्राधिकरणले रसियन कल्चरमा गरेको कार्यक्रममा नेपाल सरकारका सुचना तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सम्मान पत्र प्रदान  गरे ।

 

नेपाल दुरसंचार प्राधिकरणले आज हालसम्म सूचना तथा संचार प्रविधि क्षेत्रमा बालिका, युवती र महिलाहरुको क्षमता अभिबृद्धि गर्न टेवा पुर्याउने संस्थाहरुलाई गरेको सम्मानमा सूचना र प्रविधिको क्षेत्रमा महिला सशक्तिकरणको लागि सबै भन्दा बढी महिलाहरुलाई सहभागी गराई कार्यक्रम सञ्चालन गरी उत्कृष्ट क्षमता प्रदशन गरेको भन्दै सुचना र संचार प्रविधि समाज, नेपाललाई सम्मान गरेको हो ।

सम्मान पश्चात संचार प्रविधि समाज, नेपालका अध्यक्ष बालकृष्ण अधिकारीले नेपाल दुरसंचार प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्दै यस सम्मानले आफुहरुलाई काम गर्न थप उर्जा मिलेको बताए । साथै आगामी दिनमा समेत सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको सिप, क्षमता अभिवृद्धि गराउन आफुहरुले काम गर्ने बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend