२३ साउन, काठमाडौं । बन्दिपुर सामाजिक विकास समितिको ३३औं साधारणसभा तथा अधिवेशनबाट को अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। समितिका निवर्तमान अध्यक्ष भोलाराम श्रेष्ठको सभापतित्व तथा बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष पंचमाया गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षको कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यादवलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा रेखा श्रेष्ठ , उपाध्यक्षमा उमेश कुमार श्रेष्ठ , महासचिवमा विश्वलाल प्रधान , कोषाध्यक्षमा आशुतोष प्रधान तथा सदस्यहरुमा राधेश्याम दुवाडी , दीपेन्द्र भण्डारी , शशिकला प्रधान , सत्यभामा श्रेष्ठ र अनिता श्रेष्ठ रहेका छन् ।
समितिका निवर्तमान अध्यक्ष भोलाराम श्रेष्ठले आफ्नो कार्यसमितिले दुई वर्षमा सेवाभावले बन्दिपुरको हितमा सक्दो काम गरेको बताउँदै सबैको सहयोगको लागि धन्यवाद व्यक्त गरे। उनले समितिले अब कार्यशैली रुपान्तरण गर्दै बन्दिपुर गाउँपालिकासंगको सहकार्यमा दिगो र सर्वाङ्गिण विकासको लागि काम गर्नुपर्नेमा जोड दिए।
समितिको ३३औं साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन समेत पारित गर्यो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend