सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं साधारणसभाबाट १८ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडको उनन्तीसौं साधारणसभाबाट १८ प्रतिशत लाभांश पारित

२३ साउन ,काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले उनन्तीसौं वार्षिक साधारणसभा सम्पन्न गर्दै शेयरधनीलाई चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर तिर्न ०.९४७४ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ। यससँगै साउन १ गतेसम्म नेप्सेमा कायम शेयरधनीले लाभांश पाउने भएका छन्।

कम्पनीका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न साधारणसभाले यसअघि ५०.१५ प्रतिशत हकप्रद शेयर ल्याउने निर्णय भएकोमा बोनस शेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले त्यसलाई संशोधन गरी ४७ प्रतिशत हकप्रद शेयर ल्याउने प्रस्ताव पारित गरेको छ।

यसका साथै आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरणहरू पारित गरी आव ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित भएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend