सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ गते हुने

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ गते हुने

 

२० साउन,काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले कक्षा १२ को पूरक (मौका) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज एक सूचना जारी गर्दै दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूलाई परीक्षा दिन अवसर दिने जानकारी दिएको हो।

सूचनाअनुसार पूरक परीक्षा आगामी २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ। परीक्षा तालिकासँगै आवेदन दिने प्रक्रिया, शुल्क र अन्तिम म्यादबारे जानकारी समेत बोर्डले सार्वजनिक गरेको छ।

गत वैशाखमा सञ्चालन भएको नियमित परीक्षामा दुई विषयमा मात्र अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई लक्षित गर्दै बोर्डले पूरक परीक्षा लिने निर्णय गरेको हो। पूरक परीक्षामार्फत विद्यार्थीहरूले अध्ययन अगाडि बढाउने अवसर पाउनेछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend