१९ साउन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला साउन २० गते स्याङजा जाने भएको छन् । संविधानसभा सदस्य तथा नेपाली काँग्रेस स्याङजाका पूर्व सभापति स्व. कमल प्रसाद पंगेनीको स्मृति सभा तथा स्व. कमल प्रसाद पंगेनी स्मृति प्रर्तिष्ठानको प्रथम अधिवेशनमा सहभागी हुन डा. कोइराला स्याङजा जान लागेका नेपाली काँग्रेसका युवा नेता तथा तरूणदलका केन्दिय सदस्य पशुपति पोखरेलले जानकारी दिएका छन् ।
नेपाली काँग्रेस स्याङजा जिल्ला कार्य समितिको आयोजना र नेपाली काँग्रेस भिरकोट नगरकार्य समितिको व्यवस्थापनमा सिटिहल भिरकोटमा कार्यक्रम हुन लागेको र स्याङ्जा जिल्लामा भव्य स्वागत सहित कार्यक्रम हुन लागेको युवा नेता पोखरेलले जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend