काठमाडौँ । नेकपाका युवा नेता योगेश भटटराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि पोखेका छन् । आज राजधानीमा घोषणा गरिएको नेकपाका ७७ वटा जिल्ला कमिटीका अध्यक्ष र सचिवको छनोटमा स्पष्ट मापदण्ड नबनाई गुटका आधारमा चयन गरिएको उनको भनाई छ ।
‘जिल्ला कमिटी घोषणा गर्नु सकारात्मक र स्वागतयोग्य कुरा भए पनि त्यसमा अपनाइएको विधि र प्रकृया गलत भएको बताए । यसको स्वागत गर्नुपर्छ तर प्रकृया चित्तबुझ्दो भएन ।
उनले सचिवालयको त्यहि निर्णय स्थायी कमिटी हुदै केन्द्रीय कमिटीबाट अनुमोदन गरेर गरेको भए संगठनात्मक पद्धति नमिचिने भन्दै आगामी दिनमा नेताहरुलाई त्यसतर्फ ध्यान दिन सुझाव समेत दिए । साथै नेकपाका अन्य नेताहरुले पनि जिल्ला कमिटी घोषणा गर्नु स्वागत योग्य भए प्रक्रिया गलत भएको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend