सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशभर मनाइयो नागपञ्चमी पर्व

देशभर मनाइयो नागपञ्चमी पर्व

१३ साउन । नागका प्रतिमा र घरका ढोकामाथि नागको तस्बिरमा पूजा गरेर काठमाडौंसहित देशभर आज नागपञ्चमी मनाइँएको छ।

नेपालभर नागमन्दिर, पानीका स्रोत र पोखरीमा पूजा गरेर पनि नागपञ्चमी मनाइन्छ । मंगलबार काठमाडौं उपत्यकामा भक्तपुरको नागपोखरी, काठमाडौंको नक्सालस्थित नागपोखरी,सुन्धारा, टौदह, ललितपुरको नागदहसहित स्थानमा बिहानैदेखि भक्तजनको भिड लागेको छ ।

हरे वर्ष श्रावण शुक्ल पञ्चमीका दिन  नागपञ्चमी पर्व मनाइन्छ । आज नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend