सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लक्ष्मी ई-मोबिलिटीले ‘फोर्थिङ ईभी’ नेपाली बजारमा भित्र्याउँदै, नाइमा अटो शो २०२५ मा भव्य सार्वजनिक गर्ने तयारी

लक्ष्मी ई-मोबिलिटीले ‘फोर्थिङ ईभी’ नेपाली बजारमा भित्र्याउँदै, नाइमा अटो शो २०२५ मा भव्य सार्वजनिक गर्ने तयारी

 

१० साउन ,काठमाडौ । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ (Forthing EV) नेपाली बजारमा भित्र्याउने घोषणा गरेको छ। कम्पनीले यो नयाँ ब्रान्डको पहिलो मोडेललाई आगामी नाइमा अटो शो २०२५ मा भव्य रूपमा सार्वजनिक गर्ने तयारी गरेको हो।

नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ (नाइमा) को आयोजनामा साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने राष्ट्रिय अटो प्रदर्शनीमा फोर्थिङ ईभीको औपचारिक उद्घाटन गरिने लक्ष्मी ग्रुपले जानकारी दिएको छ। उक्त प्रदर्शनीमा स्टल नम्बर A–4 मा सहभागी हुन कम्पनीले आम दर्शक र इच्छुक ग्राहकलाई आग्रह गरेको छ।

फोर्थिङ ईभी ६४.४ किलोवाट-अवर क्षमताको ब्याट्री र ९९ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरसहितको एसयूभी हो, जसले एक पटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। यस गाडीमा आधुनिक डिजिटल प्रणाली, आकर्षक इन्टेरियर डिजाइन, र यात्रुको सुविधालाई उच्च प्राथमिकता दिइएको छ। कम्पनीको भनाइ अनुसार, फोर्थिङ ईभीले नेपाली प्रिमियम इलेक्ट्रिक गाडी बजारमा नयाँ मापदण्ड स्थापनाको संकेत दिएको छ।

लक्ष्मी ग्रुप नेपालमा अटोमोबाइल उद्योगको विकासमा लामो समयदेखि सक्रिय रहँदै आएको छ। कम्पनीले आफ्नै चार्जिङ सञ्जाल ‘RE-Lax’ मार्फत देशभर ६३ भन्दा बढी स्थानमा चार्जिङ तथा सर्भिस सुविधा उपलब्ध गराइसकेको छ। यसले विद्युतीय सवारी प्रयोगकर्ताका लागि यात्रा र सेवाप्राप्ति प्रक्रियालाई थप सरल, सहज र भरपर्दो बनाउने अपेक्षा गरिएको छ।

लक्ष्मी ई-मोबिलिटीको यो पहलले नेपालको विद्युतीय सवारी क्षेत्रको विकासलाई तीव्र बनाउने विश्वास गरिएको छ। वातावरणमैत्री प्रविधिमा आधारित यस ब्रान्डको आगमनले इलेक्ट्रिक गाडी प्रयोगकर्तामा नयाँ उत्साह थप्नेछ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend