सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बम पड्काउन छोडेर बार्तामा आउन विप्लवलाई प्रचण्डको आग्रह

बम पड्काउन छोडेर बार्तामा आउन विप्लवलाई प्रचण्डको आग्रह

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले विप्लव समुहलाई बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने गतिबिधि त्यागेर बार्तामा आउन आहावान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताए ।

आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन आग्रह गरे । देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको दाहालले बताए । ‘विप्लवलगायत सबैलाई राम्रै सँग चिनेको बताउदै उनले उहाँहरु गलत बाटो हिड्दै गरेको बताउदै सही बाटो हिड्न आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend