मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

 

३ साउन, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई सर्वसम्मत रूपमा बैंकको अध्यक्ष चयन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्ष पदमा चयन गरेसँगै उनले सोही दिन औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

ढकालसँग नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको गहिरो अनुभव छ । उनले पछिल्लो पटक राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गर्दै वित्तीय प्रणाली, बैंकिङ प्रशासन तथा नियमन प्रणालीका विविध पक्षमा आफ्नो दक्षता प्रस्तुत गरेका थिए । यस अनुभवका आधारमा ढकाललाई बैंकले संस्थागत रूपमा सुदृढ बनाउने विश्वास लिइएको छ ।

उनको स्वागतमा बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्राध्यापक डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतको उपस्थिति रहेको थियो ।

वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक हाल ७७ वटै जिल्लामा फैलिएका ३०९ वटा शाखामार्फत करिब ४७ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले आफ्नो सेवा प्रवाहलाई समय सापेक्ष र प्रविधिमा आधारित बनाउँदै वित्तीय समावेशीकरण तथा दिगो बैंकिङ सेवा विकासमा केन्द्रित रहेको जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend