सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सोफा हब काठमाडौं पाँचौं वर्षमा प्रवेश, देशभर १० शाखासहित आकर्षक अफर

सोफा हब काठमाडौं पाँचौं वर्षमा प्रवेश, देशभर १० शाखासहित आकर्षक अफर

१ साउन, काठमाडौं । उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर निर्माण र बिक्रीमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएको सोफा हब काठमाडौं ले चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। कम्पनीले सानो अवधिमै देशभर १० वटा शाखा विस्तार गरी नेपाली बजारमा आफैंलाई अग्रणी ब्राण्डको रूपमा उभ्याउन सफल भएको छ।

दक्ष कार्पेन्टर र उच्चस्तरीय कच्चा पदार्थ प्रयोग गर्दै ग्राहकको आवश्यकता र इच्छाअनुसार उत्पादन गर्दै आएको कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेलले बजारमा प्रतिस्पर्धा चुलिंदै जाँदा गुणस्तर नै आफ्नो पहिचान भएको बताए। कम्पनीले काठमाडौंको गोठाटार हाइट, कलंकी, सामाखुसी, चितवनको लंकु (२ स्थान), पोखरा मालेपाटन, नेपालगञ्ज राझा, बिर्तामोड एनएमसी बिल्डिङ, धनगढी अत्तरिया लोटस गल्ली र बुटवल गरी देशभर १० स्थानमा शाखा विस्तार गरिसकेको छ।

पाँचौं वर्ष प्रवेशको अवसरमा कम्पनीले वार्षिकोत्सव तथा प्रवन्ध निर्देशक धरेलको जन्मदिनको अवसर पारेर विशेष छुट योजना सार्वजनिक गरेको छ। श्रावणको पहिलो साताभर रु. ३५,००० भन्दा माथिको सोफा खरिद गर्ने ग्राहकलाई १५% छुट प्रदान गरिनेछ भने गोठाटार शाखाबाट खरिद गर्ने ग्राहकलाई स्मार्ट वाच उपहारमा दिइनेछ।

ग्राहक सन्तुष्टि र विश्वासलाई उच्च प्राथमिकता दिँदै कम्पनीले आफ्ना उत्पादनहरूमा ५ देखि १० वर्षसम्मको वारेन्टी दिने व्यवस्था गरेको छ। साथै, घरायसी र कार्यालय प्रयोजनका फर्निचरको लागि अनलाइन अर्डर तथा फोनमार्फत खरिदको सुविधा उपलब्ध गराइएको छ।

युवा उद्यमशीलहरूद्वारा सञ्चालित सोफा हबले हालसम्म ३०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिन सफल भएको छ। उच्च गुणस्तर, आकर्षक डिजाइन र समयमै सेवा पुर्‍याउने उद्देश्यले कम्पनीले आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै लगेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend