सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालका कालीगढहरुलाई सरकारले उचित सम्मान गर्न सकेनः मेयर महर्जन

नेपालका कालीगढहरुलाई सरकारले उचित सम्मान गर्न सकेनः मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपालका कालीगढहरुलाई सरकारले उचित सम्मान गर्न नसकेको बताएका छन् । नेपाल हस्तकला कालीगढ संघले आयोजना गरेको बनभोज एबम अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन् ।

मेयर महर्जनले नेपालमा बिभिन्न मठमन्दिर बनाउने काम कालीगढहरुले गरे पनि उनीहरुको नाम नआई नेताहरुको नाम आउने गरेको भन्दै दुखेसो पोखे । नेपालको पर्यटन प्रर्बद्घन गर्न कालिगढहरुको महत्वपूर्ण भुमिका रहदै आएको उनले बताए । मेयर चिरी बाबु महर्जनले नेपालका कालीगढहरुको उत्र्थानको लागी आफु सर्दै सहकार्य गरेर अगाडी बढने आश्वासन दिए ।

नेपाल हस्तकला कालीगढ संघका अध्यक्ष हरि सिंन्चुरी बिकले नेपालका साना मझौला हस्तकला उधोगमा बिदेशी लगानीकर्ता भित्रयाउन नहुने बताए । नेपालका कालीगढ गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएको बताउदै उनले कालिगढलाई सरकारले चाहिने सेवा सुबिधा दिएर नेपालमा काम गर्ने बाताबरण बनाउन जरुरी रहेको बताए ।

 

बिदेशी बजारमा नेपाली हस्तकलाका सामान निर्यात गरेर डलर भित्रयाउने हस्तकला क्षेत्र भएको भन्दै सरकारले यस क्षेत्रका समस्या बारे बेलैमा सोच्न आग्रह गरे ।

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचायले नेपालका कालीगढहरुको महत्व बेग्ले रहेको बताउदै नेपालको इतियासलाई बिश्वसामु पुरयाउन उनीहरुको योगदान रहेको बताए ।

 

नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकला क्षेत्रमा नितीगत सुधार गरे मात्र यस क्षेत्रले फड्को मार्ने दावी गरे ।

कार्यक्रममा समाजमा उत्कृष्ट काम गरे बाप्त बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि चिरीबाबु महर्जनलाई मायाको चिनो दिईएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend