सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त  

त्रिवि उपकुलपतिमा प्रा.डा. दीपक अर्याल नियुक्त  

२५ असार, काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) को रिक्त उपकुलपति पदमा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले प्रा.डा. दीपक अर्याललाई नियुक्त गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले अर्याललाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्रीसमक्ष तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा वर्णानुक्रमअनुसार त्रिविका हालका कार्यवाहक उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्व डीन प्रा.डा. विनिल अर्याल, तथा जल तथा मौसम विज्ञान विभागका पूर्वप्रमुख प्रा.डा. दीपक अर्याल समावेश थिए।

यसअघि उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले चैत २८ गते राजीनामा दिएका थिए, जुन राजीनामा स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए। उनी बढीमा तीन महिनाका लागि मात्र नियुक्त गरिएका थिए।

प्रधानमन्त्रीको निर्णयसँगै त्रिविले औपचारिक रूपमा नयाँ नेतृत्व पाएको छ। अब प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयको नीति निर्माण, शैक्षिक सुधार तथा समग्र सञ्चालनमा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend