२३ असार, काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। त्यसअनुसार गत असार ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख ८८ हजार ८९० कित्ता शेयर बिक्री खुला गरिएको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उनीहरूले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको गलकोट शाखा लगायत तोकिएका संकलन केन्द्रहरूमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी पूँजीको २८.३३ प्रतिशत अर्थात २९ लाख १९ हजार ५ सय कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend