सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द

देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द

 

२३ असार, काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरूले केही समयदेखि आन्दोलन चर्काएका हुन्। संघको आह्वानअनुसार चिकित्सकहरूले आज आकस्मिकबाहेकका सेवा बहिष्कार गरेपछि बिरामीहरू मारमा परेका छन्। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतको अवहेलनाको अभियोगमा पाटन उच्च अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको घटनालाई लिएर चिकित्सकहरूले आन्दोलन सुरु गरेका हुन्। चिकित्सकहरूको आन्दोलनमा देशभरका नौवटा प्रमुख स्वास्थ्य संस्थाले एक्यबद्धता जनाएका छन्।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend