काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा असार १८ गते बुधवार काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खिम लाल पौड्यालको अध्यक्षतमा सम्पन्न उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्नुका साथै नयाँ संचालक समितिको चयन समेत गरेको छ।
सभाले संचालक समितिको आगामी कार्यकालको लागि संस्थापक तथा सर्वसाधारण समुहबाट गरि प्रा.डा. रामजी गौतम, सुशीला खनाल, रामचन्द्र देवकोटा, खिमलाल पौड्याल, रामलाल श्रेष्ठ र विष्णु प्रसाद ज्ञवाली निर्विरोधरुपमा संचालकमा निर्वाचित गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि यही जेठ २५ गते शेयरधनी दर्ता किताब बन्द ( बुक क्लोज ) गरेको थियो ।त्यस्तै , कम्पनीले यस वर्ष कुनै लाभांश प्रदान गरेको छैन।
कम्पनीको वित्तीय सूचकमा यस वर्ष उल्लेखनीय सुधार भएको जनाएको छ। त्यस्तै ,संस्थाले आफ्ना समस्त शेयरधनी, ग्राहक, नियामक निकाय तथा सरोकारवाला प्रति आभार व्यक्त गर्दै भविष्यमा अझ प्रभावकारी र नवीनतम वित्तीय सेवा मार्फत सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend