सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

भ्रष्टाचारका समाचार लेखेको कारण पत्रकारलाई पक्राउ गर्नु अमान्यः देउवा

भ्रष्टाचारका समाचार लेखेको कारण पत्रकारलाई पक्राउ गर्नु अमान्यः देउवा

काठमाडौं । नेपाली का“ग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता हनन् गरेर वर्तमान सरकारले अधिनायकवादी शासन देखाएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कैलालीको धनगढीमा सम्बोधन गर्दै उनले ‘सरकारले पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप गरिरहेको बताए ।

पत्रकार सरकारको शत्रु होइन । सहयोगी हो,’ सभापति देउवाले भने,‘सरकारले आफना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम गरिरहेको भन्दै अब पत्रकार साथीहरु पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने दिन आएको बताए ।

पत्रकारले गलत समाचार लेखेमा कानुनी बाटो अदालती प्रक्रिया भएको भन्दै प्रहरी लगाएर पक्राउ गर्न लगाउनुले सरकार प्रेसलाई दमन गर्न खोज्दैछ भन्ने कुरा स्पष्ट भएको उनले बताए ।

‘भ्रष्ट कम्युनिष्ट नेताहरु देशको विकास चाह“दैनन् । त्यसैले भ्रष्टाचार विरुद्ध समाचार लेख्ने पत्रकारका कलम बन्द गराउने प्रयत्नमा सरकार लागि रहेको छ ।

सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्ने होइन । दुई तिहाइको कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसकेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend