सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ग्लोबल आइएमई बैंकले ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य रुपमा मनायो

ग्लोबल आइएमई बैंकले ग्लोबल हाटबजारको २५औँ हप्ता भव्य रुपमा मनायो

१३ असार, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस (एसएमई डे) र ग्लोबल हाटबजारको २५औं हप्ता भव्य रूपमा मनाएको छ। बैंकले आफ्नो ऋण लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारसम्म पहुँच सहज बनाउन र बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले हरेक शुक्रबार काठमाडौंको कमलादी शाखामा ग्लोबल हाटबजार सञ्चालन गर्दै आएको छ। यसैक्रममा शुक्रबार बैंकले अन्तर्राष्ट्रिय एसएमई दिवस र हाटबजारको २५औं हप्ता पुगेको अवसरमा विशेष मेला आयोजना गरेको हो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै हाटबजारले यस्ता व्यवसायको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउनुका साथै कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाइदिएकाले कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण तयार भएको बताए। साथै, अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बजारीकरण गर्न हाटबजारले सकारात्मक भूमिका खेलेको बताउँदै उनले सानो रुपमा सुरु भएको हाटबजार आज व्यापक बनेर उत्पादकलाई हौसला प्रदान गरिरहेको उल्लेख गरे।

हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बालीका उत्पादन, स्थानीय स्रोतबाट निर्मित हस्तकला सामग्री, सजावटी बिरुवालगायत दुई दर्जन बढी कृषक तथा व्यवसायीका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ। बैंकले आफ्ना ग्राहकका सुविधालाई ध्यानमा राख्दै समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जानकारी पनि दिइएको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ का दुई विधामा नेपालकै सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भएको छ। साथै बैंकले मुलुकका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा दिँदै आएको छ। साथै, बैंकले नेपालीहरूलाई विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend