काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभाले सो इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। इन्स्योरेन्स्ले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको साधारणसभा मंगलबार ( १० असार , २०८२) अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।
सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षको प्रतिवेदन र चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले आगामी आर्थिक वर्षको वार्षिक सभा समयमा नै गर्ने प्रतिवद्धता जनाउँदै उचित प्रतिफल दिने बताएका छन् । साथै, उनले वार्षिक साधारण सभामा उपस्थित भएर सभा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासा र प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिदै कम्पनीका प्रमुख वित्तीय सूचांकहरु बलिया भएको बताए ।
वार्षिक साधारण सभामा उपस्थित भएका शेयरधनीहरुले कम्पनीले यस्तो विषम परिस्थितीमा पनि उचित लाभांश वितरण गर्न सक्षम भएकोमा खुशी हुदै धन्यवाद व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend