सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति

विद्युतमा ‘टेक एन्ड पे’ को प्रावधान हटाउन सत्तारुढ दलबीच सहमति

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

 

१० असार ,काठमाडौँ ।  सत्तारुढ दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच बजेटमा राखिएको उर्जा सम्बन्धि  (टेक एन्ड पे) विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को प्रावधान हटाउने सहमति भएको छ । सोमबार ( ९ असार ) संसद्को प्रधानमन्त्री कक्षमा देउवा र ओलीबीच  बजेट संशोधनको सन्देश नजाने गरी उक्त प्रावधान हटाउने सहमति बनेको हो ।

यस अनुसार , अर्थमन्त्री विष्णु पौडेलले संसदमा  बजेटबाट उक्त प्रावधान हटाएको जानकारी दिने र मन्त्रिपरिषद् बैठकले औपचारिकता दिने समझदारी बनेको स्रोतले जनाएको छ । सोमबार साँझ नै देउवाले प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेललाई फोन गरेर उक्त व्यवस्था हटाउन आग्रह गरेका थिए । ‘पार्टीका साथीहरू मानिरहनुभएको छैन, टेक एन्ड पे नहटाउँदा अप्ठ्यारो पर्ने भयो, यसलाई हटाएर मात्र बजेट पारित गरौं भन्ने नै सभापतिज्यूको भनाइ हो,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक सांसदले भने ।

‘टेक एन्ड पे’ मा पीपीए हुँदा प्राधिकरणले आफूलाई आवश्यक परिमाण खरिद गरेर त्यसको मात्र पैसा तिर्छ । ‘टेक अर पे’ मा पीपीए हुँदा प्राधिकरणले प्रवर्द्धकसँग गरिएको सम्झौताअनुसार बिजुली लिनुपर्छ, नलिए त्यसबापतको मूल्य प्रवर्द्धकलाई तिर्नुपर्छ । सम्झौताअनुसार बिजुली दिन नसके प्रवर्द्धकले प्राधिकरणलाई जरिवानासमेत तिर्नुपर्छ । प्राधिकरणले ‘टेक अर पे’ मा पीपीए गर्दै आएको छ । जलविद्युत् आयोजना निर्माण सकिने तर नयाँ प्रसारण लाइन पूरा नभएको वा प्रसारण लाइनको क्षमता कम भएको अवस्थामा प्राधिकरणले ‘टेक अर पे’ का आधारमा गरिएका पीपीएलाई समयसीमा तोकेर ‘टेक एन्ड पे’ का आधारमा बिजुली लिने र भुक्तानी गर्ने गरेको छ ।

बजेटमा उक्त प्रावधान आएदेखि नै ऊर्जामन्त्री दीपक खड्काले सार्वजनिक कार्यक्रमदेखि संसद्मा समेत ‘टेक एन्ड पे’ संशोधन हुने र आफूले बजेटमा नपठाएको भन्दै आएका थिए । ऊर्जा प्रवर्द्धक र सांसदहरूले समेत निजी क्षेत्रलाई सिध्याउन बजेटमा यस्तो प्रावधान राखिएको भन्दै विरोध गर्दै आएका छन् । तर असार २ मा प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले उक्त प्रावधान नसच्याउने संकेत गरेका थिए । विद्युत् उत्पादनसँगै प्रसारण र बिक्रीमा समेत निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने गरी सदनमा कानुन प्रस्ताव गरिएको उनको भनाइ थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भने पहिलो चरणको आन्दोलन घोषणा गरेर दबाब दिइरहेको छ । इप्पानले विरोधस्वरूप असार ७ मा प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई एसएमएस पठाएर ‘टेक एन्ड पे’ फिर्ता लिन अनुरोध गरेको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend