सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

BYD डल्फिन २०२५ मोडल नेपालमा सार्वजनिक

BYD डल्फिन २०२५ मोडल नेपालमा सार्वजनिक

 

९ असार , काठमाडौँ । नेपालमा ईभी बजार विस्तार हुँदै गइरहेका बेला, BYD ले आफ्नो अत्यन्त सफल र लोकप्रिय मोडल डल्फिन को २०२५ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ संस्करणले नेपालमा पहिलोपटक १२ भोल्टको लिथियम आयोन ब्याट्री प्रयोग गरेर नयाँ प्रविधिको आरम्भ गरेको छ।

यसअघि ईभीहरूमा मेन हाइ-भोल्टेज ब्याट्री आधुनिक भए पनि १२V सानो ब्याट्री लिड एसिडकै हुने चलन थियो, जसका कारण गाडीहरू ‘ब्रेक डाउन’ हुने समस्याले ग्रस्त रहँदै आएका थिए। डल्फिन २०२५ मोडलमा भने सो समस्याको समाधान गर्दै, १५ वर्षसम्म टिक्ने लिथियम ब्याट्री जडान गरिएको छ — जसले यसलाई नेपालमै पहिलो उदाहरण बनाएको छ।

BYD डल्फिनको नेपालमा सफलता

नेपालमा BYD डल्फिन को यात्रा २०२३ बाट सुरु भएको हो। छोटो अवधिमा नै डल्फिनले नेपाली ईभी बजारमा ऐतिहासिक उपस्थिति बनाउँदै २,४९० युनिट बिक्री गरिसकेको छ। साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठका अनुसार, “२२ महिनाको छोटो अवधिमा यस्तो बिक्री हुनु ग्राहकको भरोसा र प्रविधिको उत्कृष्टताको प्रमाण हो।”

डल्फिन २०२५ को नयाँ विशेषता

नयाँ संस्करणमा केवल ब्याट्री मात्र होइन, डिजाइन र प्रविधिमा पनि नयाँपन थपिएको छ। स्पोर्टी सस्पेन्सन, BYD मोबाइल एप, ब्लूटुथ र एनएफसी की, ब्राइट हेडलाइट, सुधारिएको एसी सिस्टम, प्यासेन्जर डोर स्विच, र नयाँ बडी कलर अप्सन जस्ता फिचरहरूले गाडीलाई अझ आकर्षक बनाएका छन्। साथै, युरोपको Euro NCAP मा ५ स्टार क्र्यास टेस्ट पास गरेकाले सुरक्षा मापदण्डमा पनि डल्फिन अगाडि छ।

मूल्य यथावत्

त्यसबाहेक, कम्पनीले नयाँ प्रविधि र अपग्रेडसहित पनि डल्फिन २०२५ मोडलको मूल्य ४१ लाख १५ हजार रुपैयाँमै राखेर ग्राहकलाई थप राहत दिएको छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend