सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

इजरायल–इरान संघर्ष : इरानका परमाणु केन्द्रमा आक्रमण

इजरायल–इरान संघर्ष : इरानका परमाणु केन्द्रमा आक्रमण

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

९ असार , काठमाडौँ । केहि दिनदेखि जारी रहेको इजरायल–इरान युद्धमा इजरायली एयरफोर्सले आइतबार मध्यरात इरानको शाहरुदमा ब्यालेस्टिक मिसाइलको इन्जिन बनाउने उद्योगमा बमबारी गरेको छ ।

इजरायलभन्दा करिब २ हजार किलोमिटर टाढा रहेको यो क्षेत्रमा भएका आक्रमणमा इन्जिन बनाउने कैयौं मेसिन र अन्य सामग्रीहरु नष्ट भएका छन् । यसबाहेक इजरायलले तेहरान, केरमान्शाह र हमादानमा पनि एयर स्ट्राइक गरेको छ ।

यसैबीच ,अमेरिकाले पनि आइतबार इरानका ३ परमाणु केन्द्रमा आक्रमण गरेर युद्धमा सहभागिता जनाएको छ । यी केन्द्र फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । यो अप्रेशनमा ७ बी–२ स्टेल्थ बम्बर्स प्रयोग गरिएको थियो । यस्तै, इरानले पनि आइतबार इजरायलमा आक्रमण गरेको छ । इरानी आक्रमणमा इजरायलको नेस जियोनामा केही संरचना ध्वस्त भएका छन् ।

त्यस्तै , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको विषयमा कुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यदि इरानमा हालको सरकार इरानका लागि फेरि महान बन्न सक्दैन भने सत्ता परिवर्तन किन नहुनु? मेक इरान ग्रेट अगेन ।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend