भक्त केसी,
२ असार, काठमाडौं ।नेपाल – राष्ट्रको समृद्धि केवल सरकारको नीति तथा बजेटले मात्र सुनिश्चित हुँदैन, नागरिकको सोच, सदनको दृष्टिकोण र सहभागिताले समेत महत्वपूर्ण भूमिका खेल्दछ। हालै देखिएको नागरिक स्तरको चेतनामा सकारात्मक सोचको आवश्यकताको माग बढ्दो छ, जसले देशलाई दीगो विकासको दिशातर्फ लैजान सक्दछ।
विशेषज्ञहरूको भनाइ अनुसार, व्यक्तिगत सफलता र राष्ट्रिय उन्नतिको मूल जरा सकारात्मक दृष्टिकोणमा लुकेको हुन्छ। नकारात्मकता र निराशा फैलाउने प्रवृत्तिले केवल असन्तोषको वातावरण सिर्जना गर्दछ, जबकि आशावादी सोचले कठिन परिस्थितिमा पनि समाधानको बाटो खोल्दछ।राष्ट्र प्रति इमान्दार नेता कार्यकर्ता चाहियो।
ूहामीले आफ्नो व्यक्तिगत लक्ष्य मात्र होइन, देशको हित पनि सोच्नुपर्छ,ू एक सामाजिक अभियन्ताले भने, देशप्रेम, इमानदारी, र आशावादी दृष्टिकोण हाम्रो राष्ट्र निर्माणको बलियो जग हो।
शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक न्यायजस्ता मुद्दामा आम नागरिकको सक्रिय सहभागिता र सकारात्मक सोचले मात्र परिवर्तन सम्भव हुन्छ। सरकार, संघ–संस्था, र युवा पुस्ताबीच सहकार्य, रचनात्मक संवाद र राष्ट्रप्रेममा आधारित कार्यशैली अपनाएमा नेपालले अपेक्षित समृद्धि हासिल गर्न सक्दछ।
राष्ट्रप्रेम भनेको केवल नारामा सीमित नहुने कुरा हो, र आज पुनः स्मरण गराउने बेला आएको छ—यो व्यवहार, सोच, नागरिक ले नेताले र पार्टीका कार्यकर्ताले कर्ममा देखाउनु पर्छ र आवश्यक छ।
नेपालः प्रकृतिले दिएको अनुपम उपहार, समृद्धिको असली सम्भावना भएको देश हो।
नेपाल – संसारका थुप्रै देशहरू विकासमा अगाडि देखिए तापनि, प्राकृतिक स्रोतसाधनको दृष्टिले हेर्दा नेपाल जस्तो भाग्यमानी देश कमै पाइन्छ। हिमाल, पहाड, तराईको अनुपम संयोजन, प्रशस्त जलस्रोत, जैविक विविधता, औषधीय वनस्पति, र सांस्कृतिक सम्पदाले भरिएको यो देशमा समृद्धिको असली सम्भावना लुकेको छ।
विशेषज्ञहरू भन्छन्, “नेपालमा प्राकृतिक स्रोतसाधनको कमी छैन, अभाव छ त केवल दूरदृष्टिको, योजनाबद्ध प्रयोगको, र इमानदार व्यवस्थापनको।”
विश्वकै दोस्रो धनी जलस्रोत भएको देश नेपाल जलविद्युत, पर्यटन, कृषि, र आयुर्वेदमा आत्मनिर्भर मात्र होइन, निर्यातकर्ता राष्ट्र बन्न सक्ने क्षमतामा छ।
तर, सम्भावना मात्र पर्याप्त छैन — आवश्यक छ सही नीतिगत दृष्टिकोण, दक्ष जनशक्ति, र राष्ट्रप्रेमले भरिएको कार्यशैली। जब सम्पूर्ण नेपाली नागरिकले आफ्नो भूमिमा गर्व गर्ने भावना बोकेर अगाडि बढ्छन्, त्यही दिनदेखि नेपालको विकास यात्रा नयाँ युगमा प्रवेश गर्नेछ।
अबको आवश्यकता भनेको प्राकृतिक स्रोतसाधनको संरक्षण, सदुपयोग, र त्यसलाई आम जनजीवनको उन्नतिमा रूपान्तरण गर्नु हो। नेपालका कण–कणमा समृद्धिको बीउ छ, केवल त्यसलाई चिन्ने र फल्ने वातावरण बनाउने कुरा बाँकी छ।
नेपालको राजनीतिः इमान्दारीको अभावले विकासको गति अवरुद्ध भएको देखिन्छ।
नेपाल – देशको राजनीतिक परिदृश्यमा विगत केही दशकदेखि देखा परेको अस्थिरता, भ्रष्टाचार, र स्वार्थप्रेरित नीतिले जनतामा गहिरो निराशा छाएको छ। विश्लेषकहरू भन्छन् — नेपालको राजनीतिमा विचार, दर्शन र इमान्दारीभन्दा बढी शक्ति, स्वार्थ र अवसरवाद हावी भएको देखिन्छ।ू
राजनीति जनसेवाको माध्यम हुनुपर्नेमा, व्यक्तिगत लाभ र सत्तामा टिकिरहने प्रतिस्पर्धाको अखडा बनेको गुनासो आम जनतामा व्यापक छ। योजनाको कार्यान्वयनमा ढिलासुस्ती, सार्वजनिक सम्पत्तिको दुरुपयोग, र पारदर्शिताको अभावले गर्दा विकासका धेरै सम्भावना रोकिएका छन्।
सजग नागरिकहरूको भनाइ छ — “इमान्दार नेतृत्वविना कुनै पनि राष्ट्रले दीर्घकालीन प्रगति हासिल गर्न सक्दैन। अबको आवश्यकता होस् जवाफदेही नेतृत्व, जनताको विश्वास जित्ने इमानदार व्यवहार, र राष्ट्रलाई पहिलो प्राथमिकता दिने नीति।”
नेपाल जस्तो समृद्ध सम्भावनायुक्त राष्ट्रमा परिवर्तन सम्भव छ — यदि जनताले सही नेतृत्व रोजे र नेताहरूले सत्ता होइन, सेवा चुने। देशको राजनीतिक परिपक्वताका लागि अब इमान्दारीलाई केन्द्रीय मूल्य मान्नुपर्ने बेला आएको छ। केसी राप्रपा नेपालका नेता हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend