सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा बुधबार ( २८ जेठ ) गौशालास्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीको सभापतित्वमा भएको साधारणसभाले कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने मुख्य प्रस्ताव पारित गरेको छ।

सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरेको छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुक क्लोज गरेकोले जेठ १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिएका हुन् ।

अघिल्लो वर्ष शेयरधनीलाई कुनै लाभांश नदिएको यस कम्पनीले यो वर्ष पनि शेयरधनीको हात रित्तो पार्दै सभा गरेको हो। यस कम्पनीले पछिल्लो पटक तेह्रौं वार्षिक साधारणसभाबाट तत्काल कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश बाँडेको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend