२८ जेठ , ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्था देशबाट मान्छे निर्यात गरेर मात्रै चलेको बताएका छन् । मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अहिले नेपाल आयातको भरमा टिकेको र मान्छेबाहेक केही निर्यात नै गर्न नसक्नेजस्तो अवस्था भइसकेको बताए ।
देउवाले सरकारले व्यवसायीक वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताए, ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो। हाम्रो पार्टीले सहयोग गर्छ ।’ उनले उद्योगी र व्यापारीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend