किर्तिपुर। त्रिभुवन विश्वविधालय, किर्तिपुर अन्तर्गत प्राणीशास्त्र केन्द्रीय विभागको ‘नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को चुनावमा स्नाकोत्तर तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थी दिवस पटेल (टाइगर) अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त निर्वाचन विभागीय प्रमुख प्रोफेसर डाक्टर कुमार सापकोटाको प्रमुख निरीक्षण र जनक राज सुवेदीको निगरानीमा सफलतापुर्वक सम्पन्न भएको हो।
अध्यक्ष दिवससंगै, उपाध्यक्ष शंकर वि.क , सचिव मोनि कुमारी चौधरी, सह-सचिव सुभास न्यौपाने, कोषाध्यक्ष प्रिन्स राई र सदस्यमा आस्था बज्राचार्य, सत्यनारायण साह, ज्योति वर्मा, जिना लामा, रेखा लौडारी, रोदनी श्रेष्ठ, रुपक अर्याल र त्रिबिम बहादुर अधिकारी निर्वाचित भएका छन्।

प्राणीशास्त्र केन्द्रीय विभागद्वारा विद्यार्थीहरुलाई पढाई संगै अन्य क्रियाकलाप, अनुसन्धान, तालिम र सेमिनार जस्ता रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै आएको छ; जस्ले विद्यार्थीहरुमा नेतृत्व, निर्णयात्मक क्षमताको विकस र एकाग्रता अनि अनुशासनको पाठ सिकाउँछ। समर्पण र त्यागको भावना विकसित गराउँछ। यसले विद्यार्थीहरुको जीवनमा निस्चित लक्ष्यप्राप्तिका लागि संघर्षको गतिलो चेतना पनि ग्रहण गर्न सिकाउँछ।
यीनै पक्षहरुलाई महत्त्वमा राख्दै प्राणीशास्त्र केन्द्रीय विभागले ‘नेपाल प्राणीशास्त्र विद्यार्थी संघ’ (ZOOSAN) को स्थापना गरेको छ। यसले विद्यार्थीको एकता र उदेश्यलाई पनि जनाउँछ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend