२३ जेठ, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आज (जेठ २३) बिहान ११ बजेबाट कम्पनीको रजिष्टर्ड कार्यालय, सुर्खेतमा सुरु हुँदैछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्ने र चालु आवको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणको प्रस्ताव प्रस्तुत गरिनेछ।
यस्तै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन पनि आजैको सभाले गर्नेछ।
कम्पनीले सभाका लागि जेठ ९ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, जेठ ८ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend