सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो

 

२० जेठ, काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ। सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो। मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend