१९ जेठ , काठमाडौं । सिउरी न्यादी पावर लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा जेठ १९ गते सोमबार नक्सालमा सम्पन्न गरेको छ।
कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईको सभापतित्वमा सम्पन्न भएको उक्त साधारणसभाले कम्पनीको समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , आ.व. २०८०/८१ को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएका छन् ।
कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईले कोरोना महामारी र बाढीको कारण आयोजना निर्माणमा तोकिएको समय भन्दा केहि ढिलो हुन गएपनी कुशल व्यवस्थापनको कारण अहिले तिव्र गतिमा काम भइरहेको जानकारी दिए। अध्यक्ष गुरागाईले आगामी आर्थिक वर्ष भित्रमा आयोजना सम्पन्न गरि विद्युत उत्पादन शुरु गरिने प्रतिबद्धता समेत व्यक्त गरे।
कम्पनीले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित न्यादी खोलामा ४०.२७ मेगावाटको जलविद्युत आयोजना निर्माण सम्पन्न गर्ने चरणमा रहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend