सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनभिएको नयाँ नेतृत्व चयन, डा. केदार सुवेदी अध्यक्षमा विजयी

एनभिएको नयाँ नेतृत्व चयन, डा. केदार सुवेदी अध्यक्षमा विजयी

 

१८ जेठ,काठमाडौँ ।नेपाल भेटेरिनरी एशोसिएसन (एनभिए) को २०८२ केन्द्रीय अधिवेशन शनिबार काठमाडौंको बत्तिसपुतलीमा सम्पन्न भएको छ। निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्दै अधिवेशनले डा. केदार सुवेदीलाई अध्यक्षमा विजयी बनाएको हो।

कूल ७१२ मतदातामध्ये डा. सुवेदीले ३०३ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै विजयी बनेका हुन्। अध्यक्ष पदका अन्य प्रतिस्पर्धी डा. केदारराज पाण्डेले २१६ मत प्राप्त गर्दा डा. उमेश दाहालले १७० मतमा सिमित भए।

नयाँ कार्यसमितिमा महासचिवमा डा. शंकर न्यौपानेले ३४१ मतसहित विजयी हुँदा कोषाध्यक्षमा डा. विकास श्रेष्ठले ३६७ मत प्राप्त गर्दै निर्वाचित भए।

 

सदस्य पदमा विजयी हुनेहरू यस प्रकार छन्:

  • डा. दिनेश अर्याल — ३८९ मत
  • डा. गणेश रानाभाट — ३७१ मत
  • डा. सुशीलकुमार राय  — ३५४ मत
  • डा. नविन पन्थी — ३३९ मत
  • डा. साधना घिमिरे — ३३९ मत
  • डा. सरद नरसिंह अमात्य — ३०७ मत

यस अधिवेशनले भेटेरिनरी पेशा र पशुपालन क्षेत्रमा नेतृत्वको महत्वपूर्ण परिवर्तनको संकेत दिएको छ। नव निर्वाचित अध्यक्ष डा. सुवेदी नेतृत्वको नयाँ कार्यसमितिबाट पशु स्वास्थ्य, जनस्वास्थ्य सुरक्षा र भेटेरिनरी व्यवसायको संस्थागत मजबूतीतर्फ महत्वपूर्ण कार्यहरू अपेक्षित गरिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend