गुल्मी । गुल्मीमा जिप दुर्घटना हु“दा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडा“डामा दुर्घटना भएको हो ।
यस्तै ८ जना घाइते भएका छन् । धुर्कोट गाउ“पालिका निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । जिप दर्लिनबाट बुटवल जा“दै गरेको बताईएको छ । जिप बाग्लुङको सिमानामा करिब १ सय मिटर तल खसेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend