सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनएमबि बैंकका ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशत छुट

एनएमबि बैंकका ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशत छुट

१६ जेठ ,काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच बैंकका ग्राहक र कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार, एनएमबि बैंकका ग्राहकहरूले हिल्टन काठमाडौंमा सेवा लिँदा आफ्नो एनएमबि डेबिट, क्रेडिट, वा प्लाटिनम क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गरेमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

बैंकले यस सहकार्यलाई नगद कारोबारबाट डिजिटल भुक्तानीको यात्रातर्फ ग्राहकलाई उत्प्रेरित गर्ने एक महत्वपूर्ण पहलका रूपमा लिएको छ। बैंकको विश्वास छ कि यस्ता डिजिटल प्रोत्साहनहरूले ग्राहकहरूमा सुरक्षित, सरल र पारदर्शी कारोबारप्रति रुचि बढाउनेछ।

एनएमबि बैंकले विगतदेखि नै डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई प्रोत्साहन गर्ने विविध अभियान सञ्चालन गर्दै आएको छ। बैंकले समयअनुसार आधुनिक प्रविधिको उपयोग र दीगो बैंकिङ सेवाको विस्तारमा जोड दिँदै ग्राहकमैत्री सुविधाहरू अगाडि सारेको छ।

डिजिटल कारोबार गर्दा पाइने छुट र अन्य जानकारीहरू एनएमबि बैंकको वेबसाइट https://www.nmb.com.np/nmb-visa-card-discount मा हेर्न सकिन्छ।

देशभर फैलिएको नेटवर्कमार्फत सेवा दिँदै आएको एनएमबि बैंकले हाल २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend