- १६ जेठ ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको लागि गृहमन्त्रीको राजीनामा आउनुपर्ने निष्कर्षसहित सदनको अवरोध कायम राख्ने निर्णय लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकमा त्यसबारे थप छलफल गर्नको लागि जेठ १९ गते संसदीय दलको बैठक पनि बोलाएको छ। प्रतिनिधिसभाको अर्को बैठक २० गते बस्दैछ ।
गृहमन्त्रीको राजीनामा, यो प्रकरणबारे प्रधानमन्त्री ओलीको जवाफ माग्दै गर्दै विपक्षी दलहरूले सदनको अवरोध कायम राख्ने निर्णय गरेका छन् । रास्वपाले गृहमन्त्री जोडिएको प्रकरणको छानबिनको लागि उच्चस्तरीय आयोगसमेतको माग गरेको छ ।