नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने दाबी गरेका छन् । विप्लव नेतृत्वमा रहेका केही युवालाई काठमाडौंमा नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय गरेको समेत बताए ।
यस नेकपा पार्टीमा प्रबेश गरेर तपाईहरुले ठीक समयमा ठीक निर्णय गरेको भन्दै प्रशसा समेत गरे । तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो भएको भन्दै योग्यता अनुसार पद पनि दिने वाचा गरे । उनले विप्लव पनि ढिलोचाँडो आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend