काठमाडौं । सरकारलाई प्रभावमा पारेर व्यापारीहरुले ठगी धन्धा चलाउने गरेको कुरा बेला बेलामा सुन्ने गरिन्छ । बिगतका बिभिन्न गतिबिधिलाई हेर्ने हो भने पनि त्यस्तै देखिन्छ । केही व्यापारीहरुले राजनितीक पहुँच भएका व्यक्तीहरुलाई प्रभावमा पारेर कमिसनको भरमा करोडौं लुटदै आएका छन् ।
त्यसैले नै होला नेपालका बिभिन्न थरिका माफियाहरुको बिगबिगी भएकोे सुन्ने गरिन्छ । यस्तै सर्वसाधारण जनताको ढाड सेक्ने चिनी माफियाहरुको बारेमा पर्दाफास भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले सरकारलाई झुक्याएर चिनीमा ठगी धन्धा चलाएको खुलासा गरेका छन् । सरकारले स्वदेशी चिनी उद्योग प्रवद्र्धनको नाममो वार्षिक १ लाख मेट्रिक टनभन्दा बढी चिनी आयात गर्न नपाइने निर्णयले गरेको थियो । तर यो निर्णयले चिनी माफियाहरुलाई के खोजछस काना आँखा जस्तै भएको छ ।
आयात बढी भएको र स्वदेशी उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्दै यहाँका उद्योगीले आयात रोकिदिन ‘लबिइङ’ गरेका थिए । प्रधानमन्त्रीले उद्योगीको गुनासोपछि ठाडो आदेश दिई अर्थ तथा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीलाई परिमाणात्मक बन्देजको निर्णय प्रक्रिया अघि बढाउन आदेश दिएका थिए । छ लफलमा सांसदहरूले चिनीको परिमाणात्मक बन्देज लगाउने निर्णयमा सरकारी अधिकारीहरूले १ अर्ब ६९ करोड रुपैयाँको आर्थिक चलखेल भएको आरोप लगाएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend