जेठ १३, काठमाडौं । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका विश्व हिन्दु महासंघका उपाध्यक्ष अरुण पाँडेले सम्पूर्ण साधु सन्तका साथमा जेठ १५ गते हुने राजसंस्था पुनस्थापना जनआन्दोलनमा मन वचन र कर्मले सहभागी हुने वताएका छन् ।

यसैगरि राष्ट्रिय शक्ति पार्टीका उपाध्यक्ष रामु राई आफ्नो मन्तब्य राख्दै भने –
“आगामी जेठ १५ गते देखि शुरु हुने आन्दोलन राष्ट्रघाती संविधान को विरुद्धमा रहेको छ। यो संविधानले हाम्रो धर्म संस्कृती नाश गर्यो। संघियताले देश विभाजन गर्यो। शाहवंशिय राजसंस्थालाई विस्थापित गरेर अहिले विदेशी शक्तिको चलखेल बढिरहेको छ। यी नेताहरु विदेशीका दलाल भइदिए। देशको बिगठन रोक्न राजसंस्थाको पुनर्वाहाली र संघियताको खारेजि आवश्यक छ।
यदि यो राष्ट्रलाइ बचाउने हो भने आगामी जेठ १५ को आन्दोलनमा सहभागी हुनैपर्छ । वैदिक सनातन हिन्दु अधिराज्य आवश्यक छ। अहिले यो व्यवस्थालाई फाल्न नसके कहिल्यै फाल्न सकिदैन। मैले त जेठ १५ मा प्रहरीलाइ गिरफ्तारी दिन लुगा-फाटो, औषधी लगायत साथमा लिएर तयारी अवस्थामा आउने छु। तपाइहरू पनि तयारीका साथ आउनुस्।”
यसैगरि अर्का बक्ता राष्ट्रिय सरोकार मंचका अध्यक्ष सोम विक्रम सिंह आफ्नो मन्तब्य राख्दै-
“धर्मान्तरण वढ्नु चिन्ताको विषय हो। यसलाई रोक्नु पर्छ। २०६२-६३ पछाडी बैरीहरुको प्रवेश शुरु भयो । अहिले आएर सबैले बुझे। ढिलै भए पनि बोले, धर्मनिरपेक्षताले इसाई बढाउने काम मात्र गर्यो। यी सबै कुराले पहिचान, राष्ट्रियता धर्म सस्कृती, माथी नराम्रो प्रहार गर्यो। त्यसकारण हामीलाई हिन्दुराज्य र राजा चाहियो।”
यसैगरि अन्तराष्ट्रिय मानवअधिकार संस्थाका तुलसी थापा आफ्नो मन्तब्य राख्दै-
“आगामी जेठ १५ को आन्दोलनमा सरकारले दमन गर्न पाउँदैन । भेला हुन पाउने, बोल्न पाउने अधिकार लाई सरकारले खोस्न सक्दैन । हामी अनुगमन गर्छौ । यदि सरकारले दमन गरे हामी अन्तराष्ट्रिय अदालत सम्म यो मुद्दा लैजान्छौ। अन्तराष्ट्रिय मानवअधिकार संस्था जेठ १५ मा रत्नपार्कमा उपस्थित हुनेछ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend