१३ जेठ, काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन आज जेठ १३ गते अन्तिम दिन हो। कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले कुल जारी पुँजी ८८ करोड रुपैयाँमध्ये ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता शेयर आईपीओमार्फत निष्काशन गरेको हो।
यसमा:
८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि,
२ लाख ८१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि,
बाँकी २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
मेरोशेयर एप वा पोर्टलमार्फत आवेदन दिन सकिन्छ
सहभागी सी–आस्बा बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ
सान्भि इनर्जी लिमिटेडले जलविद्युत् उत्पादनमा संलग्न भएर दीर्घकालीन उर्जा समाधानमा टेवा पु-याउँदै आएको कम्पनी हो, जसको आईपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend