सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  

  निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  

 

८ जेठ, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले सरकारलाई आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री बनाउन आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा उनले पुँजीगत खर्चमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।

मल्होत्राले हालको समय विद्युतीय सवारीसाधनको आयातमा भन्सार र राष्ट्र बैंकका नीतिगत अस्थिरताले निजी क्षेत्र र उपभोक्ता दुवैलाई अन्योलमा पारेको उल्लेख गरे। उनले पछिल्लो केही समययता विद्युतीय सवारीसाधनको आयातमा लगानी सीमा ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारिएको जानकारी दिए, जसले लगानीकर्तालाई निरुत्साहित बनाएको बताए।

उनले अर्थतन्त्रमा दीर्घकालीन स्थायित्वका लागि नीति निर्माणमा निजी क्षेत्रको सहभागिता अपरिहार्य भएको धारणा राखे। “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हामी समग्र अर्थतन्त्रको पक्षमा आवाज उठाउँदैछौं,” मल्होत्राले भने, “राष्ट्र बैंक र अर्थ मन्त्रालयले नीति बनाउँदा निजी क्षेत्रका सुझाव समेटे आजका समस्याका साथै भविष्यका चुनौतीहरू समाधान गर्न सकिनेछ।”

उनको भनाइले आगामी बजेटमा निजी क्षेत्रको भूमिका र सशक्त सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको देखिन्छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend