६ जेठ , काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यशअघि , उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले गभर्नरका लागि आजै तीन जनाको नाम सिफारिस गरेको थियो । मंगलबार बसेको समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना (तिम्सिना) र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद रिक्त थियो । अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
नवनियुक्त गभर्नर डा. पौडेलले अर्थतन्त्र चलाउन धेरै नियमहरू ल्याउनुको साटो प्रभावकारी सुपरिवेक्षण हुनुपर्ने उनले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend