४ जेठ , काठमाडौं । राजसंस्था पुनःस्थापन संयुक्त जनआन्दोलन समितिले यही जेठ १५ गतेदेखि गर्ने राजसंस्था पुर्नस्थापनाको आन्दोलन शान्तीपुर्ण तर सशक्त हुने बताएको छ।
राजधानीमा आइतबार बसेको समितिको बैठकमा आगामी आन्दोलनमा काठमाडौं उपत्यकाका वासिन्दाहरूको बढी भन्दा बढी सहभागिता महत्वपूर्ण हुने हुँदा आगामी जेठ ८ देखि ११ गते सम्म उपत्यकाका तीनै जिल्लाहरुमा जनजागरण तथा घरदैलो कार्यक्रम संचालन गरिने निर्णय गरेको छ। सो जनजागरण कार्यक्रम शंकरापुरको सांखुबाट शुरु गरी भक्तपुरको चाँगुनारायणमा पुरा गरिने वताइएको छ।

यसैगरी जेठ १२ गते ४० वर्ष मुनिका युवाहरूलाई लक्षित गरी राष्ट्रिय सभागृहमा एउटा भेला गरिने जसमा नयाँ पुस्तालाई राजसंस्थाको महत्व र अपरिहार्यतामा प्रकाश पारिने वताइएको छ।
बैठकमा राष्ट्रिय प्रजातंत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटकको आन्दोलनमा कार्यकताहरूलाई अप्ठ्यारो हुन नदिने , कुटाई खानु परे नेताहरूले नै खाने बताए।
गत चुनावमा काठमाडौ उपत्यकावाट मात्र रा.प्र.पा. ले समानुपातिकमा ९७ हजार भोट ल्याएको थियो । अव ती मतदाताको खोजी गर्नु पर्ने, सत्तासिन पार्टीहरुको अनाचार र दुराचार वाट जनता क्रुद्ध भएकाले ती जनतालाइ समेत आन्दोलामा सहभागी गराउन सके आन्दोलन सफल हुने बताए। आफूहरुको आन्दोलन शान्तीपुर्ण सत्याग्रह हुने र यसलाइ कदापी अवमुल्यान गर्न नमिल्ले, शान्तीपूर्ण सत्यग्रहले भारत स्वतंत्र भएको दृष्टान्त रहेकाले आफूहरु पनि अवश्य सफल हुने वताए।
यसैगरी संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेको आन्दोलनको स्थान गोप्य राखिएको र उचित समयमा सार्बजनिक गरिने बताए।
सो भेलामा राजेन्द्र लिङ्देन, डा. प्रकाश चन्द्र लोहनी, विक्रम पाण्डे, राजिव पराजुली, केशर वहादुर विष्ट, सोम विक्रम सिंह, बुद्धिमान तामाङ, दिपक आत्रेय, ध्रुव वहादुर प्रधान लगायत करिव पाँच सय नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend