सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न उठ्यो: सोविता गौतम

संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न उठ्यो: सोविता गौतम

४ जेठ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आइतबारको प्रतिनिधिसभामा पछिल्ला केही घटनाक्रमले अदालतको निष्पक्षतामाथि नै प्रश्न उठेको बताएकी छन् ।

सांसद गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धित मुद्दामा पोखराको उच्च अदालतले विपक्षीलाई जानकारी नै नदिई एकफर्ती सुनुवाई गरेको सन्दर्भ गम्भीर रहेको बताउँदै नेपालको न्यायपालिकाले संविधानको रक्षा र नागरिक न्यायको हक सुनिश्चित गर्न सक्छ भन्नेमा प्रश्न उठेको बताएकी हुन् ।

पूर्वन्यायाधीश फोरमले समेत न्यायपालिकको पछिल्लो क्रियाकलाप र न्याय सम्पादन प्रक्रियाप्रति प्रश्न उठाएको भन्दै  सांसद गौतमले यस्तो अवस्थामा मौन बस्ने कि जागरुक ढंगले प्रतिवाद गर्ने भन्ने विषयमा संसद र प्रेस पनि चुप लाग्न नमिल्ने बताइन् । उनले न्यायपालिकाप्रति जनताको विश्वास गुम्दै गएको,अदालतले कानूनको प्रक्रिया मिच्न थालेको गम्भीर अवस्थामा संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भएको बताइन् ।

“व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्,तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको अधिकारको हत्या भयो भने के अवस्था आउला ?”, सांसद गौतमले न्यायपालिका पछिल्लो समय कार्यपालिकाकै शैलीमा अघि बढेको आशंका व्यक्त गरिन।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend