३ जेठ , काठमाडौं । जापान सरकारले धुलिखेल अस्पतालको ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । शुक्रबार ( २ जेठ ) अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यो परियोजनाको लागि सन् २०२३ अक्टोबरमा जापान सरकारसँग कार्यान्वयनका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो । अहिले थप अनुदान प्रदान गरिएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend