सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, केटीसँग जिस्केका कारण दुर्घटना

अर्घाखाँचीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो, केटीसँग जिस्केका कारण दुर्घटना

अर्घाखा“ची । अर्घाखा“चीको सन्धिखर्कबाट प्युठानको बरौला जा“दै गरेको जीप भुमिकास्थान नगरपालिका ८ नुवाकोटको लात्तेमाजमा दुर्घट्ना हु“दा ४ जनाको मृत्यु भएको पछिल्लो जानकारी आएको छ ।

सन्धिखर्कबाट छुटेको लु १ ज १२२९ नम्बरको जिप दिउ“सो २ बजे नुवाकोटको लात्तेबा“झको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताईएको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

दुर्घटना परी प्युठान ऐरावती गाउ“पालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनीका आचार्य र अन्दाजी ६ वर्षीय बालकको मृत्यु भएको छ ।
यस्तै घाईते बिष्णु माया श्रेष्ठको पनि मृत्यु भएको छ । ड्राईभर र खलासी केटीसँग जिस्केका कारण दुर्घटना भएको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि भैरहवा मेडिकल कलेजमा रिफर भएकी विरामी सोनु शाईले बताईन । बालकको सन्धिखर्क अस्पतालमा निधन भएको हो ।

जिपमा जम्मा १८ जना यात्रु रहेका थिए । जसमध्ये ८ जनाको सन्धिखर्क अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल रिफर गरिएको जानकारी आएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल अर्घाखा“चीमा उपचार भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend